चर्चामा
काठमाडौ ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको जारी मतगणनामा उम्मेदवार उदयशमशेर राणा दोस्रो स्थानमा उक्लिएका छन्।
यसअघि दोस्रो स्थानमा रहँदै अग्रता बनाएका अमरसिंह पुनलाई पछि पार्दै राणा दोस्रो स्थानमा पुगेका हुन्। पछिल्लो मतपरिणामअनुसार महामन्त्री खुलातर्फ प्रदीप पौडेल १ हजार ३ सय ७० मतसहित पहिलो स्थानमा रहेका छन्।
खुलातर्फ दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था रहेकाले दोस्रो स्थानका लागि प्रतिस्पर्धा रोचक बनेको छ। उदयशमशेर राणाले ७ सय ८३ मत प्राप्त गर्दा अमरसिंह पुन र सुनिल शर्माले समान ५ सय ३९ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेकाले उम्मेदवारबीचको मतान्तर र स्थानमा फेरबदल हुन सक्ने देखिएको छ।
काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!