चर्चामा
सेनाको हेलिकप्टरबाट बाढी प्रभावित क्षेत्र तथा पहिरोको निरीक्षण गरिएको छ। निरीक्षणपछि प्राप्त विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई रिपोर्टिङ गरिएको जनाइएको छ।
यस्तै, जिल्ला प्रहरी कार्यालय गोरखाले सिरिङ्गे हिमालमा हिमपहिरो गएर स्थानीय खोला थुनिएपछि बुढीगण्डकीमा बाढी आएको दाबी गरेको छ।
पहिरो वा हिमपहिरोका कारण नदीको बहाव अवरुद्ध भई पानी जम्मा भएको र पछि एक्कासि बहाव खुल्दा बाढी आएको हुन सक्ने प्रारम्भिक आकलन गरिएको हो। यद्यपि, बाढीको वास्तविक कारणबारे थप प्राविधिक अध्ययन तथा आधिकारिक पुष्टि आवश्यक छ।
बाढीबाट प्रभावित क्षेत्रको अवस्था, सम्भावित जोखिम र क्षतिको विवरण संकलन तथा विश्लेषण गर्ने काम भइरहेको छ।
काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!