चर्चामा
गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको उत्तरी क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीले दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगाएको छ। त्यस्तै, धार्चे गाउँपालिका-१ र ३ जोड्ने बेलिब्रिजसमेत बाढीले बगाएको छ।
बाढीले माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडोभर्याङ र जगत् जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुलमा समेत क्षति पुर्याएको छ।
बाढीका कारण चुमनुब्री गाउँपालिका-३ स्थित पैयुँ र बगरका करिब ३५ घर बगाएको जनाइएको छ। जगत्, सल्लेरी, दोभान र घट्टेखोला क्षेत्रमा पनि बाढीले क्षति पुर्याएको छ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको थप विवरण आउन बाँकी छ। सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारको अवस्थाबारे पनि थप जानकारी प्राप्त हुन सकेको छैन।
काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!