चर्चामा
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट तीन जना उपसभापति र तीन जना महामन्त्री निर्वाचित भएका छन् ।
उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन् । त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन् ।
नवनिर्वाचित उपसभापति मधु आचार्यले मतगणना सम्पन्न भएको जानकारी दिँदै निर्वाचन समितिबाट औपचारिक परिणाम घोषणा हुन बाँकी रहेको बताएका छन् ।
उनका अनुसार उपसभापतिको खुलातर्फ दुई पदमा भण्डारी र आचार्य निर्वाचित भएका हुन् भने समावेशीतर्फ एक पदमा चौधरी निर्वाचित भएका हुन् ।
त्यस्तै, महामन्त्रीको खुलातर्फ दुई पदमा प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भएका छन् भने महिलातर्फ एक पदमा डिला संग्रौला निर्वाचित भएकी छन् ।
उपसभापतिको खुलातर्फ दुई पदका लागि सात जना उम्मेदवार प्रतिस्पर्धामा थिए । त्यस्तै, समावेशीतर्फ एक पदका लागि पाँच जनाबीच प्रतिस्पर्धा भएको थियो ।
महामन्त्रीको खुलातर्फ दुई पदका लागि आठ जना उम्मेदवार चुनावी मैदानमा थिए भने महिलातर्फ एक पदका लागि तीन जनाबीच प्रतिस्पर्धा भएको थियो ।
मतगणना सम्पन्न भए पनि निर्वाचन समितिले औपचारिक परिणाम सार्वजनिक गर्न बाँकी रहेको छ ।
काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!