चर्चामा
काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीपछि जोखिममा परेका नागरिकको उद्धारका लागि नेपाली सेना परिचालन गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार पहिरोको जोखिममा रहेको गोरखाको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको छ।
बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल दुवै मार्गबाट परिचालन भएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन काठमाडौंमा रहेको कम्पोजिट क्विक रेस्पोन्स टिमसमेत हवाई साधनमार्फत प्रभावित क्षेत्रमा तैनाथ गरिएको छ।
बुढीगण्डकी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टर परिचालन गरिएको छ।
यसैबीच, आपतकालीन उद्धार तथा सहयोगका लागि एम्बुलेन्स सेवा १०२, जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र १२३४, जिल्ला प्रहरी कार्यालय गोरखा ९८५६०६११९० र सहायक प्रमुख जिल्ला अधिकारी ९८५६०५७७७८ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।
बाढी प्रभावित क्षेत्रका नागरिकलाई सतर्क रहन र जोखिमपूर्ण स्थानबाट सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!