बुढीगण्डकीमा भीषण बाढी : माछाखोला बजारका ४–५ घर बगायो, झोलुंगे पुलसमेत क्षतिग्रस्त

बुढीगण्डकीमा भीषण बाढी : माछाखोला बजारका ४–५ घर बगायो, झोलुंगे पुलसमेत क्षतिग्रस्त

गोरखा । बुढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित माछाखोला बजारमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले बजारका ४ देखि ५ वटा घर बगाएको छ भने माछाखोला र केरौँजा जोड्ने झोलुंगे पुलसमेत बगाएको छ।

स्थानीय धनकुमार गुरुङका अनुसार नदीमा अचानक आएको बाढीले घर तथा भौतिक संरचनामा क्षति पुर्‍याएको हो। बाढीको बहाव अझै बढिरहेको खबरले स्थानीयवासी त्रसित बनेका छन्।

‘४–५ वटा घर बगाइसकेको छ, अझै बाढी आउँदै छ भन्ने छ, सबै त्रसित छन्,’ स्थानीय गुरुङले भने।

बाढीले बस्तीमा थप क्षति पुर्‍याउन सक्ने जोखिम बढेपछि स्थानीयवासीमा त्रास फैलिएको छ। झोलुंगे पुल बगाउँदा माछाखोला र केरौँजाबीचको आवतजावतसमेत प्रभावित भएको छ।

नदीमा पानीको सतह थप बढ्न सक्ने भएकाले बुढीगण्डकी आसपासका बस्तीका बासिन्दालाई सतर्क रहन र नदी किनारबाट सुरक्षित स्थानतर्फ जान आवश्यक छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

दशैँ सकेर काठमाडौं फर्किनेको चाप बढ्यो, नाकामा भिडभाड
2 घण्टा अगाडि

काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...

छुटाउनुभयो कि ?

TOP