बुढीगण्डकीको भीषण बाढीले चुमनुब्रीमा वितण्डा, ३५ घर बगायो, उद्धारका लागि हेलिकप्टर परिचालन

बुढीगण्डकीको भीषण बाढीले चुमनुब्रीमा वितण्डा, ३५ घर बगायो, उद्धारका लागि हेलिकप्टर परिचालन

गोर्खा ।गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकामा बुढीगण्डकी नदीमा आएको भीषण बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ भने अन्य विभिन्न बस्तीमा समेत व्यापक क्षति पुर्‍याएको छ।

बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि हेलिकप्टर परिचालन गरिएको छ। बाढीले दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा समेत ठूलो क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

यसैबीच, गृहमन्त्री सुदन गुरुङले बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्ने भएका छन्। उनले प्रभावित नागरिकलाई आपतकालीन सहयोग तथा उद्धारका लागि १२३४ नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन्।

बाढीबाट प्रभावित क्षेत्रमा थप मानवीय तथा भौतिक क्षति हुन नदिन उद्धार र राहत कार्यलाई तीव्रता दिनुपर्ने देखिएको छ। बाढी प्रभावित बस्तीको अवस्था र क्षतिको थप विवरण संकलन भइरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

दशैँ सकेर काठमाडौं फर्किनेको चाप बढ्यो, नाकामा भिडभाड
2 घण्टा अगाडि

काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...

छुटाउनुभयो कि ?

TOP