चर्चामा
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमीका अवसरमा सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने भएका छन्।
पूर्वराजा शाहको संवाद सचिवालय निर्मल निवासले सूचना जारी गर्दै यस वर्षको बडादसैँ पर्व सादगीपूर्वक मनाउने निर्णय गरिएको जनाएको छ।
गत भदौमा हिमपहिरोपछि आएको भीषण बाढी तथा असोजमा परेको अविरल वर्षाका कारण हजारौँ नागरिक विस्थापित हुनुका साथै सयौँले ज्यान गुमाएका र ठूलो जनधनको क्षति भएकाले यस वर्ष दसैँ सादगीपूर्वक मनाउने निर्णय गरिएको सचिवालयले जनाएको छ।
प्राकृतिक विपत्तिका कारण देशले ठूलो क्षति व्यहोर्नुपरेको अवस्थालाई मध्यनजर गर्दै पूर्वराजा शाहले यस वर्ष सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने परम्परालाई निरन्तरता नदिने निर्णय गरेका हुन्।
काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!