चर्चामा
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतगणनामा उपसभापति र महामन्त्रीका उम्मेदवारहरूले अग्रता लिने क्रम जारी छ। पछिल्लो मतपरिणामअनुसार उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता कायम गरेका छन्।
प्राप्त मतगणना विवरणअनुसार उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारीले ६२३ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्। उनका प्रतिस्पर्धी मधु आचार्यले ३४३, गोविन्द भट्टराईले २९१, सुरेन्द्रराज पाण्डेले २८९, दीपक गिरीले २४२, धनराज गुरुङले २११ र चन्द्रमोहन यादवले १२६ मत प्राप्त गरेका छन्।
त्यस्तै, उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले ३४७ मतसहित अग्रता लिएका छन्। जीवन परियारले २८७, फरमुल्लाह मंसुरले १६४, सीता गुरुङले १५१ र रञ्जित कर्णले ९८ मत प्राप्त गरेका छन्।
महामन्त्री (खुला) तर्फ प्रदीप पौडेल ६८८ मतसहित पहिलो स्थानमा छन्। अमरसिंह पुन मगरले ४४३, उदयशमशेर राणाले ३८८, डा. सुनिलकुमार शर्माले ३००, गुरुराज घिमिरेले १६९, नैनसिंह महरले १२९, शंकर तिवारीले १९ र डा. सन्तोष उपाध्यायले १७ मत प्राप्त गरेका छन्।
महामन्त्री (महिला) तर्फ डा. डिला संग्रौला पन्तले ५२३ मत प्राप्त गर्दै अग्रता बनाएकी छन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय डिनाले ४८४ मत प्राप्त गर्दा रीता खनालले १३९ मत पाएकी छन्।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।
काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!