चर्चामा
गोर्खा ।गोरखाको चुमनुम्ब्री गाउँपालिका–६ मा आइतबार बिहान आकस्मिक बाढी आएपछि तल्लो तटीय क्षेत्रका दुई बजार जोखिममा परेका छन्। चुम्केको खोलामा पहिरो खसेर खोला थुनिएपछि एक्कासि ठूलो बाढी आएको हो।
बाढीका कारण सल्लेरी र जगत बजार जोखिममा परेका छन्। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीयवासीमध्ये केही विस्थापित भएका छन् भने बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन मोबाइलमा एसएमएस अलर्ट पठाएको छ।
गोरखाका प्रमुख जिल्ला अधिकारी धरेन्द्रकुमार मिश्रका अनुसार आइतबार बिहान ४ बजेर ३५ मिनेटमा ठूलो बाढी आएको सूचना प्राप्त भएको थियो। हालसम्म बाढीबाट मानवीय क्षति भएको जानकारी प्राप्त नभएको उनले बताएका छन्।
चुमनुम्ब्री गाउँपालिका अध्यक्ष निमा लामाले चुम्केको खोलामा पहिरो खसेर खोला थुनिएपछि बाढी आएको जानकारी दिएका छन्। प्रभावित क्षेत्रको अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मिश्रले बताएका छन्।
आकस्मिक बाढीपछि तल्लो तटीय क्षेत्रमा थप जोखिम हुन सक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन र सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!