कांग्रेस उपसभापति र महामन्त्रीको मतगणना सुरु

कांग्रेस उपसभापति र महामन्त्रीको मतगणना सुरु

काठमाडौ ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदका उम्मेदवारको मतगणना शनिबार बेलुकीदेखि सुरु भएको छ।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार खुला उपसभापति र महामन्त्री पदका उम्मेदवारको मतगणना शनिबार बेलुकी साढे ७ बजेदेखि सुरु गरिएको हो।

यसअघि निर्वाचन समितिले उपसभापति र महामन्त्री पदका उम्मेदवारहरूसँग छलफल गरेको थियो। छलफलपछि उम्मेदवारहरूकै रोहवरमा मतपेटिका खोलेर मतगणना प्रक्रिया अघि बढाइएको हो।

निर्वाचन समिति सदस्यसचिव राजु कटुवालका अनुसार पार्टीको केन्द्रीय कार्यालय सानेपामा रहेका १४ वटा कोठामा मतगणना भइरहेको छ। मतगणनास्थलमा सीसी क्यामेरा जडान गर्नुका साथै गणनामा सहभागी हुने प्रतिनिधिहरूको नाम संकलन गरेपछि मतगणना सुरु गरिएको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

दशैँ सकेर काठमाडौं फर्किनेको चाप बढ्यो, नाकामा भिडभाड
2 घण्टा अगाडि

काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...

छुटाउनुभयो कि ?

TOP