धान उत्पादन घट्दै, उन्नत जात किसानसम्म पुर्‍याउन चुनौती

धान उत्पादन घट्दै, उन्नत जात किसानसम्म पुर्‍याउन चुनौती

जनकपुरधाम । नेपालमा धान खेतीको क्षेत्रफल र उत्पादन घट्दै गएपछि धानमा आत्मनिर्भर बन्न चुनौती थपिएको छ । उत्पादन बढाउने उद्देश्यले अनुसन्धानबाट विभिन्न उन्नत जात विकास गरिए पनि किसानसम्म गुणस्तरीय बिउ र प्रविधि पुर्‍याउन समस्या भइरहेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १३ लाख ७६ हजार ८७२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदा ५७ लाख ५ हजार १२६ मेट्रिक टन उत्पादन भएको थियो । अघिल्लो वर्ष १४ लाख २० हजार ६३६ हेक्टरमा खेती हुँदा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो । एक वर्षमा उत्पादन ४.२० प्रतिशतले घटेको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हर्दिनाथले किसानको आवश्यकता र हावापानीअनुसार विभिन्न जात विकास, परीक्षण र सिफारिस गर्दै आएको छ । रामधान, हर्दिनाथ-१, हर्दिनाथ-६, बहुगुणी-२, चैते-५ र हर्दिनाथ हाइब्रिड-१ लगायतका जात सिफारिस गरिएका छन् ।

अनुसन्धान कार्यक्रमका प्रवक्ता तथा वरिष्ठ प्राविधिक रवीन्द्रप्रसाद साहका अनुसार हर्दिनाथ-१ करिब ११० देखि ११५ दिनमा पाक्छ भने हर्दिनाथ-६ ले प्रतिहेक्टर करिब ५.२१ मेट्रिक टन उत्पादन दिन सक्छ । त्यस्तै, बहुगुणी-२ बाढी र सुक्खा सहन सक्ने जात हो भने हर्दिनाथ हाइब्रिड–१ को उत्पादन क्षमता प्रतिहेक्टर ६.४७ मेट्रिक टनसम्म रहेको छ ।

तर सिफारिस गरिएका जातको पर्याप्त प्रचारप्रसार नहुनु र उन्नत बिउ सहज रूपमा उपलब्ध नहुनुले किसानले अपेक्षित लाभ लिन नसकेको अनुसन्धान कार्यक्रमका प्रमुख मथुरा यादवले बताए ।

अनुसन्धानकर्ताहरूका अनुसार अनियमित वर्षा, सुक्खा, बाढी, सिँचाइको

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
12 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP