चर्चामा
प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना जाने मनकामना केबलकार भोलि एक दिन बन्द हुने भएको छ। केबलकारको नियमित मर्मतसम्भार तथा आवश्यक प्राविधिक कामका लागि सेवा बन्द गर्न लागिएको जनाइएको छ। सेवा बन्द हुने भएपछि मनकामना दर्शनका लागि जाने यात्रु तथा पर्यटकलाई सोहीअनुसार आफ्नो यात्रा व्यवस्थापन गर्न आग्रह गरिएको छ। मर्मतसम्भारको काम सम्पन्न भएपछि केबलकार सेवा नियमित रूपमा सञ्चालनमा आउने बताइएको छ।
काठमाडौँ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न क् ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!