कर्मचारी प्रशासनमा ठूलो फेरबदल, ५५ वर्षमै अनिवार्य अवकाशको प्रस्ताव

कर्मचारी प्रशासनमा ठूलो फेरबदल, ५५ वर्षमै अनिवार्य अवकाशको प्रस्ताव

काठमाडौं । कर्मचारी प्रशासनमा परिवर्तन गर्ने गरी सरकारले नयाँ व्यवस्था प्रस्ताव गरेको छ। संसद्मा पेस गरिएको संघीय निजामतीसम्बन्धी विधेयकमा कर्मचारीले ५५ वर्ष उमेर पूरा गरेपछि वा ३० वर्ष सेवा अवधि पुगेपछि अनिवार्य अवकाश लिनुपर्ने प्रस्ताव गरिएको छ।

तर पेन्सन तथा अवकाश सुविधाको गणना गर्दा भने ५८ वर्षसम्म सेवा गरेको मानिने व्यवस्था प्रस्तावमा राखिएको उल्लेख छ। त्यस्तै, सरकारी सेवाबाट अवकाश पाएपछि वा जागिर छाडेपछि अर्को सरकारी नियुक्ति लिनुअघि २ वर्षको ‘कुलिङ पिरियड’ अनिवार्य गर्ने प्रस्ताव पनि गरिएको छ।

यी व्यवस्था हाल प्रस्तावित विधेयकका प्रावधान हुन्, अन्तिम कानुन बन्नुअघि संसद्बाट संशोधन हुन सक्नेछन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

दशैँ सकेर काठमाडौं फर्किनेको चाप बढ्यो, नाकामा भिडभाड
2 घण्टा अगाडि

काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...

छुटाउनुभयो कि ?

TOP