चर्चामा
भारतको जम्मु-कश्मीरस्थित कठुआमा सीआईएसएफका हेडकन्स्टेबल अभिदेश कुमारले सहकर्मीमाथि गोली चलाउँदा असिस्टेन्ट कमान्डेन्टसहित चार जनाको मृत्यु भएको छ। मंगलबार साँझ बसोहलीनजिकै माश्कामा भएको घटनामा असिस्टेन्ट कमान्डेन्ट अंकितकुमार पाण्डे, सब–इन्स्पेक्टर लक्ष्मण सिंह तथा कन्स्टेबल रफीक अहमद र सन्दीप कुमारको मृत्यु भएको हो। सहकर्मीसँग विवादपछि गोली चलाएको आरोप लागेका अभिदेशलाई अन्य जवानले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।
काठमाडौँ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न क् ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!