चर्चामा
म्यान्मारको पश्चिमी रखाइन राज्यमा सेनाले विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा हवाई हमला गर्दा कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन्।
सोमबार क्याउक्ताव टाउनसिपस्थित स्थानीय बजारनजिक लडाकु विमानले दुईवटा बम खसालेको बताइएको छ। घटनामा बजारका व्यापारी, ग्राहक तथा बाटो हिँडिरहेका सर्वसाधारणसमेत परेको जनाइएको छ।
घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको अराकान आर्मीले जनाएको छ। घटनास्थलमा उद्धार कार्य जारी रहेको छ। हमलाबारे म्यान्मारको सेनाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन। घटनाको विवरण स्वतन्त्र रूपमा पुष्टि गर्न भने कठिन रहेको समाचारमा उल्लेख छ।
काठमाडौँ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न क् ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!