काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण काठमाडौं उपत्यकाको खाना पकाउने एलपी ग्यास आपूर्ति प्रभावित भएको छ।काठमाडौं प्रवेश गर्ने मुख्य सडकहरू पृथ्वी राजमार्ग तथा नागढुंगा–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि ग्यास बोकेका बुलेटहरू बाटोमै रोकिएका छन्।नेपाल आयल निगमका अनुसार काठमाडौं उपत्यकाका १६ वटा ग्यास ब्रान्डका लागि ल्याइएका करिब १२५ वटा एलपी ग्यास बुलेट चितवन, हेटौंडालगायतका स्थानमा रोकिएका छन्। ती बुलेटमा करिब १ लाख ५० हजार सिलिन्डर बराबरको ग्यास रहेको जनाइएको छ।निगमका अनुसार ती ग्यास बुलेटले वीरगन्ज भन्सार प्रक्रिया पूरा गरिसकेका छन्। सडक खुलेपछि रोकिएका बुलेट काठमाडौं ल्याएर बजारमा आपूर्ति बढाउन सकिने निगमले जनाएको छ।हाल ग्यासको तत्काल अभाव हुन नदिन काठमाडौं उपत्यकामा रहेका मौज्दातबाट वितरण जारी राखिएको छ। निगमका अनुसार पछिल्ला तीन दिनमा उपत्यका र आसपासका क्षेत्रमा ६३ हजारभन्दा बढी सिलिन्डर बजारमा पठाइएको छ।सडक अवरोध लामो समय कायम रहेमा काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्तिमा थप दबाब पर्न सक्ने देखिएको छ।
संवाददाता
- २०८३-०६-१२
45 मिनेट अगाडि
चितवन, कात्तिक ९ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जन
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!