काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङको जोखिम अझै कायम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।प्रधानमन्त्री शाहले नदी तटीय तथा पहाडी क्षेत्रमा बसोबास गर्ने र यात्रा गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गर्दै अत्यावश्यक कामबाहेक यात्रा नगर्न अनुरोध गरेका छन्। संकटको अवस्था आएमा निःशुल्क नम्बर १२३४ मा सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन्।प्रधानमन्त्रीका अनुसार बाढीपहिरोका कारण पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकमार्गसहित विभिन्न जिल्लाका दर्जनभन्दा बढी सडक प्रभावित भएका छन्। भोटेकोशी–त्रिशूली नदी तटीय क्षेत्रका सडकमा पुनः क्षति पुगेको तथा कालीगण्डकीको पक्की पुलसमेत बगेको उनले बताएका छन्।यस्तै, बाढीका कारण कालीगण्डकी, मर्स्याङ्दी र सेती–मादी करिडोरबाट राष्ट्रिय प्रसारण लाइनमा विद्युत् आपूर्ति प्रभावित भएको जनाइएको छ। सेती, नारायणी र कमला नदीमा पानीको सतह बढेकाले पनि विशेष सतर्कता अपनाइएको छ।प्रधानमन्त्री शाहले विपद्को समयमा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने तथा कालोबजारी गर्नेहरूमाथि निगरानी भइरहेको बताएका छन्। सरकारले उद्धार, राहत तथा क्षतिग्रस्त पूर्वाधार पुनः सञ्चालनका लागि सम्बन्धित निकाय परिचालन गरिरहेको जनाएको छ।
संवाददाता
- २०८३-०६-१२
45 मिनेट अगाडि
चितवन, कात्तिक ९ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जन
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!