चर्चामा
काठमाडौं । दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।
जोहानेसबर्गको पश्चिमी क्षेत्रमा रहेको एक बारमा शनिबार राति भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा १५ जना घाइते भएका छन्। मृत्यु हुनेमा १३ पुरुष र चार महिला रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार करिब आठ जना बन्दुकधारी बारमा प्रवेश गरी केही ग्राहकको तलासी लिएर मोबाइल फोनसमेत लगेका थिए। त्यसपछि उनीहरू दुईवटा पहिचान नखुलेका सवारीसाधनमा फरार भएका थिए। घटना स्थानीय समयअनुसार शनिबार राति करिब ७ः३० बजे भएको हो।
प्रहरीका अनुसार आक्रमणको उद्देश्य अझै स्पष्ट भएको छैन। फरार हुनुअघि संदिग्धहरूले दुईवटा सवारीसाधनमा आगजनी गरेको पनि जनाइएको छ। घटनामा संलग्नको खोजी तथा पक्राउका लागि अनुसन्धानकर्ता र विशेष प्रहरी टोली परिचालन गरिएको छ।
यसैबीच, केप टाउनबाहिरको एक टाउनसिपस्थित मनोरञ्जनस्थलमा आइतबार बिहान भएको अर्को गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
दक्षिण अफ्रिकामा कानुनी तथा अवैध दुवै प्रकारका हतियारको प्रयोग व्यापक रहेको बताइन्छ। गिरोहबीचको विवाद तथा अनौपचारिक व्यवसायमा हुने प्रतिस्पर्धाका कारण पनि गोलीकाण्डका घटना हुने गरेका छन्।
करिब ६ करोड २० लाख जनसंख्या रहेको दक्षिण अफ्रिका उच्च हत्या दर भएका मुलुकमध्ये एक हो। अपराध नियन्त्रण दक्षिण अफ्रिका सरकारका लागि लामो समयदेखि प्रमुख चुनौतीका रूपमा रहँदै आएको छ।
काठमाडौँ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न क् ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!