क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु

क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु

क्यानडा । क्यानडाको क्युबेक प्रान्तमा शनिबार हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

मोन्ट्रियलबाट करिब ५५ किलोमिटर दक्षिणपूर्वमा रहेको सेन्ट-ब्रिजिड-ड’इबर्भिल क्षेत्रमा दिउँसो करिब २ः३० बजे हेलिकोप्टर दुर्घटना भएको सूचना प्रहरीले प्राप्त गरेको थियो।

दुर्घटनापछि हेलिकोप्टरमा आगलागी भएको थियो। घटनास्थलमा पुगेका उद्धारकर्मीले करिब एक घण्टामा आगो नियन्त्रणमा लिएका थिए। हेलिकोप्टरमा सवार चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उडान भरेको केही समयमै हेलिकोप्टरमा आकस्मिक समस्या उत्पन्न भएको देखिएको छ। त्यसपछि हेलिकोप्टर दुर्घटनामा परेको जनाइएको छ।

प्रहरीले दुर्घटनामा परेको हेलिकोप्टरको स्वामित्व, त्यसको प्रस्थान तथा गन्तव्यस्थल र मृतकहरूको पहिचानबारे हालसम्म कुनै विवरण सार्वजनिक गरेको छैन।

दुर्घटनाको विस्तृत अनुसन्धानका लागि क्यानडाको यातायात सुरक्षा बोर्डले अनुसन्धान टोली घटनास्थलमा पठाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

बिहीबारदेखि देशभर मौसम बदली हुने, केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना
6 मिनेट अगाडि

काठमाडौँ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न क् ...

छुटाउनुभयो कि ?

TOP