चर्चामा
काठमाडौँ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) का अनुसार गाजामा महिला तथा बालिकाविरुद्ध हिंसा र बालविवाहका घटना बढ्दै गएका छन्। प्रतिवेदनमा दुई बोरा पिठोको बदलामा एक बुबाले आफ्नी १४ वर्षीया छोरीको विवाह गराएको घटना उल्लेख छ। यस्तै, बलात्कारका पीडितलाई सामाजिक ‘इज्जत’ जोगाउने नाममा आफ्नै अपराधीसँग विवाह गर्न बाध्य पारिएका घटनासमेत भेटिएको जनाइएको छ।
यूएनएफपीएका अनुसार गाजामा बाल तथा जबरजस्ती विवाहका घटना १२३ प्रतिशतले बढेका छन्। यो विवरण गाजामा काम गर्ने १० संस्थाबाट संकलन गरिएको हो भने विस्थापन शिविरमा रहेका २३० महिलासँग अन्तर्वार्ता पनि लिइएको प्रतिवेदनमा उल्लेख छ।
काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा एक दशकभन्दा लामो योजना र निर्माण प्रक्रियापछि नयाँ अन्तर्राष्ट्रिय ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!