चर्चामा
काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा एक दशकभन्दा लामो योजना र निर्माण प्रक्रियापछि नयाँ अन्तर्राष्ट्रिय विमानस्थल यात्रु सेवाका लागि सञ्चालनमा आएको छ।वेस्टर्न सिड्नी इन्टरनेसनल एयरपोर्ट’ नामको विमानस्थल आइतबार, अक्टोबर २५ देखि यात्रुका लागि खुला गरिएको हो। करिब ५.६ अर्ब अस्ट्रेलियन डलर लागतमा निर्माण भएको यो विमानस्थल सिड्नीको मुख्य व्यापारिक क्षेत्रबाट करिब ६० किलोमिटर पश्चिममा अवस्थित छ।
नयाँ विमानस्थलको मुख्य विशेषता २४ सै घण्टा उडान तथा अवतरण गर्न सकिने व्यवस्था हो। सिड्नीको पुरानो विमानस्थलमा भने रातिको समयमा उडान सञ्चालनमा समयसम्बन्धी प्रतिबन्ध छ।विमानस्थलबाट पहिलो व्यावसायिक यात्रुवाहक उडान जेटस्टार एयरलाइन्सले गोल्ड कोस्टका लागि सञ्चालन गर्ने तय गरिएको छ। आगामी दिनमा अन्य आन्तरिक तथा अन्तर्राष्ट्रिय एयरलाइन्सले पनि यहाँबाट सेवा विस्तार गर्ने योजना छ।
विमानस्थल पूर्ण क्षमतामा विस्तार हुँदा वार्षिक आठ करोडभन्दा बढी यात्रु आवागमन धान्न सक्ने क्षमता रहने बताइएको छ। नयाँ विमानस्थलले सिड्नीको हवाई यातायात, रोजगारी र क्षेत्रीय आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!