चर्चामा
रसुवा । बाढीले पुल बगाएपछि अवरुद्ध बनेको रसुवाको धुन्चे–स्याफ्रुबेँसी सडकमा यातायात सहज बनाउन बेलिब्रिज निर्माण तीव्र पारिएको छ। निर्माण कार्य चौबिसै घण्टा अघि बढाइएको छ भने तिहारअघि नै पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले धुन्चेबाट स्याफ्रुबेँसी जोड्ने पक्की पुल बगाएपछि उक्त क्षेत्रको आवागमन प्रभावित भएको थियो। अहिले पुल जडानका लागि जग निर्माणको काम सुरु भइसकेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा निर्माण भइरहेको पुलको अवस्थाबारे प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे र प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीसहितको टोलीले स्थलगत अनुगमन गरेको छ।
बाढीका कारण प्रभावित स्याफ्रुबेँसी–बृद्धिम क्षेत्रका बासिन्दालाई आवतजावत सहज बनाउन फड्के पुल निर्माण पनि अघि बढाइएको छ। त्यसका लागि जिल्ला प्रशासन कार्यालयले आवश्यक फलामे सामग्री उपलब्ध गराएको जनाएको छ।
काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीले चीन र भारतमा द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!