भारतमा बिजुली बेचेर नेपालले कमायो झन्डै ६ अर्ब

भारतमा बिजुली बेचेर नेपालले कमायो झन्डै ६ अर्ब

काठमाडौं । बाढीका कारण केही जलविद्युत् आयोजना प्रभावित भए पनि नेपालले असोज महिनामा भारतमा बिजुली बेचेर ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ। यो रकम गत वर्षको असोज र चालु आर्थिक वर्षको भदौको तुलनामा बढी हो।

नेपाल विद्युत् प्राधिकरणका अनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख युनिटभन्दा बढी विद्युत् निर्यात गरिएको थियो। गत वर्षको असोजमा विद्युत् बिक्रीबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ आम्दानी भएको थियो भने यस वर्षको भदौमा ५ अर्ब ९ करोड २५ लाख रुपैयाँको कारोबार भएको थियो।

चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ।

यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु भएको छ। बाढीले त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुर्‍याएपछि रोकिएको निर्यात वैकल्पिक आयोजनाबाट उत्पादित बिजुलीमार्फत पुनः थालिएको हो।

नेपालले भारतमा विद्युत् निर्यातका लागि थप ३१ मेगावाटको अनुमति पनि पाएको छ। यससँगै भारततर्फ निर्यात गर्न स्वीकृति प्राप्त कुल विद्युत् क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

विश्वकपको तयारीमा नेपाली यू–१९ महिला टोली, चीन र भारतमा खेल्ने
12 घण्टा अगाडि

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीले चीन र भारतमा द ...

छुटाउनुभयो कि ?

TOP