प्रधानमन्त्री शाह नोभेम्बरको तेस्रो साता भारत भ्रमणमा जाने

प्रधानमन्त्री शाह नोभेम्बरको तेस्रो साता भारत भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी नोभेम्बरको तेस्रो साता भारत भ्रमण गर्ने तयारी भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी अघि बढाइएको हो। 

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्यूयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भएको भेटवार्तामा प्रधानमन्त्री शाहको भारत भ्रमणबारे समेत छलफल भएको जनाइएको छ। 

भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्ष तथा आपसी हितका विषयमा छलफल भएको थियो। दुवै पक्षले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा जोड दिएका छन्। 

नेपाल र भारतबीच सीमा व्यवस्थापन, सुरक्षा, व्यापार, जलस्रोत, ऊर्जा तथा रेललगायत क्षेत्रमा ४० भन्दा बढी द्विपक्षीय संयन्त्र सक्रिय छन्। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एनपीएलका सबै खेललाई आईसीसीको मान्यता, सोमबारदेखि प्रतियोगिता सुरु
2 दिन अगाडि

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ...

छुटाउनुभयो कि ?

TOP