कारागार बसेकै बेलाको भाकल थियो, कुनै खिचडी नपकाइयोस् - रबि लामिछाने

कारागार बसेकै बेलाको भाकल थियो, कुनै खिचडी नपकाइयोस् - रबि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने क्रममा आफूले कारागारमा रहँदा गरेको भाकल पूरा गर्न लागेको बताएका छन्।

उनले आफ्नो भारत भ्रमणलाई लिएर अनावश्यक आशङ्का नगर्न आग्रह गर्दै कुनै राजनीतिक खिचडी नपकाउनसमेत बताएका छन्।

कारागारमा रहँदाकै समयमा गरेको भाकल पूरा गर्ने उद्देश्यले भारत जान लागेको उनको भनाइ छ। उनको भारत भ्रमणलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

यद्यपि, भ्रमणको विस्तृत कार्यक्रम र अन्य विवरणबारे थप जानकारी सार्वजनिक हुन बाँकी छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP