मध्यपूर्वको तनावले विश्व बजारमा हलचल, कच्चा तेल ११६ डलर नाघ्यो

मध्यपूर्वको तनावले विश्व बजारमा हलचल, कच्चा तेल ११६ डलर नाघ्यो

काठमाडौ ।मध्यपूर्वमा बढ्दो सैन्य तनाव र ऊर्जा आपूर्तिमा अवरोध आउन सक्ने आशङ्काका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११६ अमेरिकी डलर नाघेको छ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड आयलको मूल्य ३ दशमलव १४ प्रतिशतले बढेर प्रतिब्यारेल ११६ डलर ७२ सेन्ट पुगेको रोयटर्सले जनाएको छ। अमेरिकी डब्लूटीआई कच्चा तेलको मूल्य पनि ३ दशमलव ८ प्रतिशतले बढेर १०३ डलर २७ सेन्ट पुगेको छ।

साउदी अरबमा हुथी विद्रोहीका आक्रमण र खाडी क्षेत्रमा समुद्री मार्गको सुरक्षाबारे बढ्दो चिन्ताले तेल आपूर्तिमा थप अवरोध हुन सक्ने जोखिम बढाएको छ। संयुक्त अरब इमिरेट्सको समुद्री क्षेत्रमा तेल चुहावटको घटनाले पनि बजारको चिन्ता थपेको छ।

तेलको मूल्यमा आएको तीव्र वृद्धिले विश्वव्यापी महँगी बढ्ने र इन्धनको मूल्यमा थप दबाब पर्ने चिन्ता बढाएको छ। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एनपीएलका सबै खेललाई आईसीसीको मान्यता, सोमबारदेखि प्रतियोगिता सुरु
एक दिन अगाडि

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ...

छुटाउनुभयो कि ?

TOP