एनपीएलका सबै खेललाई आईसीसीको मान्यता, सोमबारदेखि प्रतियोगिता सुरु

एनपीएलका सबै खेललाई आईसीसीको मान्यता, सोमबारदेखि प्रतियोगिता सुरु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक मान्यता पाएका छन्। यससँगै प्रतियोगितामा खेलाडीले बनाउने रन र लिने विकेट आधिकारिक टी–२० तथ्यांकमा समावेश हुने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार एनपीएलका खेललाई ‘लिस्ट ए टी–२०’ को मान्यता दिइएको हो। यसले नेपाली खेलाडीको प्रदर्शनलाई अन्तर्राष्ट्रिय स्तरमा आधिकारिक रूपमा अभिलेख राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तेस्रो संस्करणको एनपीएल आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।यसपटक खेलमा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस), अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता र कीर्तिपुर मैदानमा सुधार गरिएका सुविधासमेत रहनेछन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मध्यपूर्वको तनावले विश्व बजारमा हलचल, कच्चा तेल ११६ डलर नाघ्यो
16 घण्टा अगाडि

काठमाडौ ।मध्यपूर्वमा बढ्दो सैन्य तनाव र ऊर्जा आपूर्तिमा अवरोध आउन सक्ने आशङ्काका कारण अन्तर्राष्ट्रि ...

छुटाउनुभयो कि ?

TOP