दसैँको टीकाको चौथो दिन पनि मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम जारी

दसैँको टीकाको चौथो दिन पनि मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम जारी

बडादसैँअन्तर्गत टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ।

विजयादशमीका दिन टीका लगाउन छुटेका व्यक्तिहरूले आज आफन्त तथा मान्यजनको घरमा पुगेर टीका, जमरा र आशीर्वाद लिइरहेका छन्। दसैँको अवसरमा परिवार तथा आफन्तजनबीच भेटघाट गर्ने र आपसी सद्भाव साटासाट गर्ने क्रम पनि जारी छ।

यसैबीच, दसैँ मनाउन सदरमुकाम तथा सहरबाट आफ्नो घर गएका मानिसहरू पुनः आ–आफ्नो गन्तव्यतर्फ फर्कन थालेका छन्। दसैँको बिदा सकिँदै जाँदा सहर फर्कनेहरूको चहलपहलसमेत बढ्दै गएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
15 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP