चर्चामा
काठमाडौं, असोज ७ । जल विज्ञान तथा जलस्रोत
अनुसन्धान केन्द्र (CHWRR) ले प्रमुख नदीहरूको बाढी पूर्वानुमानको समयावधि ३ दिनबाट ५ दिनमा विस्तार गरेको छ।
केन्द्रले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपालभरका साना तथा मझौला नदीहरूमा हुने आकस्मिक बाढी (फ्ल्यास फ्लड) को जोखिम पूर्वानुमान अवधि पनि २४ घण्टाबाट बढाएर ४८ घण्टा पुर्याइएको छ।
केन्द्रका अनुसार आफ्नै Nepal-focused Flood Forecasting Model र ECMWF Ensemble Forecast मा आधारित पूर्वानुमान प्रणालीलाई अन्तर्राष्ट्रिय तथा क्षेत्रीय जलविज्ञानसम्बन्धी विभिन्न मोडेलसँग एकीकृत गरी सञ्चालनमा ल्याइएपछि सेवा विस्तार सम्भव भएको हो।
अब दुई दिने आकस्मिक बाढी जोखिम पूर्वानुमान तयार गर्दा दक्षिण एसिया आकस्मिक बाढी विश्लेषण प्रणाली, भू–चिस्यान (Antecedent Soil Moisture), नदीको हालको जलसतह तथा प्रवाह, वर्षाको पूर्वानुमान, जलाधारको अवस्था लगायतका सूचकहरूको विश्लेषण गरिने केन्द्रले जनाएको छ।
यसबाट सम्भावित बाढी तथा आकस्मिक बाढीको जोखिमबारे पहिले नै जानकारी प्राप्त हुने, पूर्वतयारी, सतर्कता, जोखिम न्यूनीकरण तथा आवश्यक प्रतिकार्यका लागि थप समय उपलब्ध हुने अपेक्षा गरिएको छ।
केन्द्रले आगामी दिनमा पूर्वानुमानको स्थानगत शुद्धता, समयगत शुद्धता, प्रभावमा आधारित बाढी तथा आकस्मिक बाढी पूर्वानुमान र स्थानीय जोखिम पहिचान तथा पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउँदै लैजाने जनाएको छ।
काठमाडौं । भारतले नोटबन्दी गरेका पुराना नोटलाई विदेशी मुद्रा मान्न नमिल्ने सर्वोच्च अदालतले व्याख्या ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!