काठमाडौं उपत्यकामा ठूलो परिमाणमा लागूऔषध ट्रामाडोल बरामद भएको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयस्थित एपीएफ इन्टेलिजेन्स ब्यूरो र नं. २१ गणबाट खटिएको टोलीले ललितपुरको गोदावरी नगरपालिका–२ स्थित विशंखुनारायण मन्दिरबाट करिब ३०० मिटर अगाडि कोटडाँडा जाने सडकछेउबाट २ लाख १० हजार ६४० पिस ट्रामाडोल बरामद गरेको हो।सशस्त्र प्रहरीका अनुसार सल्लाका पत्करले छोपेर लुकाइराखिएको अवस्थामा Tramadol Hydrochloride Capsule ‘Tramol 50’ बरामद गरिएको हो।
यस घटनाको अनुसन्धानका क्रममा भक्तपुरको मध्यपुरथिमि नगरपालिका–६, कमेरोटारबाट शंकास्पद गतिविधिमा नियन्त्रणमा लिइएका काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१ का ४० वर्षीय वीरध्वज तामाङसँग सोधपुछ गरिएको थियो। सोधपुछबाट प्राप्त सूचनाका आधारमा लागूऔषध याङ्गो गाडीमार्फत ल्याइएको खुलेपछि प्रहरीले चालकलाई समेत नियन्त्रणमा लिएको जनाएको छ।
अनुसन्धानका क्रममा वीरध्वज तामाङ जेलमा रहेकै अवस्थामा पनि लागूऔषधको ठूलो सञ्जाल सञ्चालन गरिरहेको तथ्य खुलेको प्रहरीको दाबी छ। उनको निर्देशनमा लागूऔषध ओसारपसार तथा लुकाएर राख्ने काम भएको हुनसक्ने भन्दै प्रहरीले घटनालाई संगठित सञ्जालसँग जोडेर अनुसन्धान अघि बढाएको छ।
सूचनाका आधारमा काभ्रेको चौरीदेउराली गाउँपालिका–१ का ३७ वर्षीय शान्तबहादुर तामाङले चलाउने बागमती प्रदेश ०१–००२ ज ८८६३ नम्बरको याङ्गो गाडी नियन्त्रणमा लिइएको थियो। चालकसँग सोधपुछ गर्दा लागूऔषध लुकाएर राखिएको स्थानबारे जानकारी प्राप्त भएको सशस्त्र प्रहरीले जनाएको छ।त्यसपछि सशस्त्र प्रहरी निरीक्षक मनोज विष्टको कमाण्डमा २५ जनाको टोलीले एपीएफ इन्टेलिजेन्स ब्यूरोको टोलीसँग संयुक्त रूपमा खोजी गर्दा कोटडाँडा जाने सडकछेउमा लुकाइराखिएको उक्त ठूलो परिमाणको ट्रामाडोल फेला पारेको हो।
बरामद लागूऔषध, याङ्गो गाडी र चालक शान्तबहादुर तामाङलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरी प्रभाग बाँडेगाउँको जिम्मा लगाइएको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरू तथा लागूऔषधको सञ्जालबारे समेत थप अनुसन्धान गरिरहेको जनाएको छ।
उद्योगमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री बालेन शाहसमक्ष र ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!