चर्चामा
काठमाडौं। पशुपति मित्र माध्यमिक विद्यालयले शनिबार आफ्नो ८०औँ वर्ष पूरा गरेको अवसरमा हीरक महोत्सव मनाएको छ। महोत्सवमा राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा सहभागी भएका छन्।
महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विद्यालयलाई शुभकामना दिएका थिए। कार्यक्रममा नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट अत्यधिक मतसहित सभापतिमा निर्वाचित थापाले पनि सहभागी भएर शुभकामना दिएका थिए। सभापतिमा निर्वाचित भएपछि थापा पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन्।
महोत्सवका अवसरमा विद्यालयको शैक्षिक उन्नयनमा योगदान पुर्याउने व्यक्तित्व तथा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तिहरूलाई सभापति थापाले सम्मान गरेका थिए।
काठमाडौं महानगरपालिका–७ का वडाध्यक्ष विमल होडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष आशामान संगत सहित समाजसेवी, राजनीतिक व्यक्तित्व तथा शिक्षाविद्हरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। महोत्सवमा सहभागी राष्ट्रपति पौडेलसहित उपस्थित व्यक्तिहरूले नवनिर्वाचित कांग्रेस सभापति थापालाई दोसल्ला ओढाएर बधाई तथा शुभकामना दिएका थिए।
काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!