चर्चामा
काठमाडौ । मध्य अमेरिकी देश पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
भूकम्पको धक्का राजधानी पानामा सिटीसम्म महसुस गरिएको छ। भूकम्पका कारण विभिन्न स्थानमा भवन, सडक तथा पुलमा क्षति पुगेको विवरण सार्वजनिक भएको छ।
भूकम्पपछि ६.६ म्याग्निच्युडको शक्तिशाली परकम्प गएको बताइएको छ। भूगर्भविद्हरूले परकम्पलाई तत्कालको मुख्य जोखिमका रूपमा औँल्याउँदै प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।
भूकम्पपछि टोचुमेन अन्तर्राष्ट्रिय विमानस्थलले उडान सेवा अस्थायी रूपमा रोकेको थियो। करिब दुई घण्टापछि विमानस्थल पुनः सञ्चालनमा आएको छ। यस घटनाले हवाई सेवामा केही समय अवरोध सिर्जना गरे पनि पानामा नहर भने नियमित रूपमा सञ्चालन भइरहेको जनाइएको छ।
भूकम्पबाट भएको मानवीय क्षति, घाइतेको सङ्ख्या र भौतिक क्षतिको पूर्ण विवरण भने सार्वजनिक हुन बाँकी छ।
काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!