चर्चामा
काठमाडौ ।फ्रान्समा शिक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न माग गर्दै विद्यार्थीले थालेको आन्दोलन चर्किएको छ। आन्दोलनका क्रममा राजधानी पेरिसस्थित विद्यालयमा विद्यार्थीले अवरोध सिर्जना गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
शिक्षकको अभाव, जीर्ण विद्यालय भवन र कक्षाकोठामा आवश्यक सुविधा नहुँदा विद्यार्थी आक्रोशित बनेका हुन्। आन्दोलन फ्रान्सका विभिन्न सहरमा फैलिएको छ भने केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ।
समाचार संस्था रोयटर्सका अनुसार सरकारले आन्दोलनरत विद्यार्थीका माग सम्बोधन गर्न प्रभावित विद्यालयमा तीन हजार योग्य शिक्षक परिचालन गर्ने घोषणा गरेको छ। सरकारले गरेको घोषणालाई विद्यार्थी सङ्गठनहरूले आफ्नो आन्दोलनको प्रारम्भिक सफलता मानेका छन्। तर शिक्षा क्षेत्रमा पर्याप्त लगानी नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको अडान छ।
फ्रान्सका सार्वजनिक विद्यालयमा शिक्षक अभावका कारण करिब १० प्रतिशत अध्यापन समय प्रभावित भइरहेको बताइएको छ। यसले सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा प्रश्न उठाएको छ भने आर्थिक रूपमा सक्षम परिवारले बालबालिकालाई निजी विद्यालयमा भर्ना गर्ने क्रम बढेको छ।
शिक्षा क्षेत्रको संकटसँगै फ्रान्सको बढ्दो सरकारी ऋण र बजेट घाटाले पनि सरकारमाथि दबाब बढाएको छ। आगामी वर्षको बजेट र आर्थिक नीतिलाई लिएर राजनीतिक बहस चर्किरहेका बेला विद्यार्थी आन्दोलनले राष्ट्रपति इमानुएल म्याक्रों नेतृत्वको सरकारसामु थप चुनौती खडा गरेको छ।
सरकारले विद्यार्थीको माग सम्बोधन गर्दै सार्वजनिक शिक्षाको अवस्था सुधार गर्नुपर्ने दबाब बढिरहेका बेला आन्दोलन कहिलेसम्म जारी रहन्छ भन्ने विषय भने अनिश्चित बनेको छ।
काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!