चार दल चहारेका दीपक साह उद्योग मन्त्री, जनमतका संस्थापक नेतादेखि रास्वपा मन्त्रीसम्म

चार दल चहारेका दीपक साह उद्योग मन्त्री, जनमतका संस्थापक नेतादेखि रास्वपा मन्त्रीसम्म

काठमाडौं । खाना पकाउने ग्यासको समस्या समाधान गर्न नसकेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिएपछि उनको स्थानमा सांसद दीपककुमार साह नियुक्त भएका छन्। साहले बिहीबार नै मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। 

नवनियुक्त मन्त्री साहको राजनीतिक यात्रा भने निकै उतारचढावपूर्ण रहेको छ। विभिन्न राजनीतिक दलमा आबद्ध हुँदै आएका साहले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भई मन्त्री पदसम्मको यात्रा तय गरेका हुन्। 

पेसाले इन्जिनियर रहेका साह जनमत पार्टी निर्माणका सुरुआती अभियन्तामध्ये एक मानिन्छन्। डा. सीके राउतसँग नजिक रहेर उनले जनमत पार्टी गठनमा महत्वपूर्ण भूमिका खेलेका थिए। इन्जिनियरिङ पृष्ठभूमिका कारण राउत र साहबीच राजनीतिक तथा वैचारिक सहकार्य समेत बलियो बनेको बताइन्छ।

जनमत पार्टी गठनपछि साहले उपाध्यक्ष र अनुशासन समितिको प्रमुखजस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए। पछिल्ला वर्षहरूमा विभिन्न राजनीतिक यात्रापछि उनी रास्वपामा पुगेका हुन्।

यसअघि पनि साह श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्। अहिले उद्योग मन्त्रालयको नेतृत्व सम्हाल्दै उनले मुलुकमा देखिएको ग्यास आपूर्ति संकट, उद्योग क्षेत्रको सुस्तता र बजार व्यवस्थापनलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ। 

नवनियुक्त मन्त्री साहसमक्ष अहिले सबैभन्दा ठूलो चुनौती भनेको बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव अन्त्य गर्दै आपूर्ति प्रणालीलाई सहज बनाउनु रहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एलपी ग्यास उद्योगीप्रति मन्त्रीको अभिव्यक्तिमा संघको आपत्ति
9 घण्टा अगाडि

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...

छुटाउनुभयो कि ?

TOP