एक्सट्रिम ड्रिङ्कको स्वास्थ्य जोखिम ‘एक्सट्रिम’ ड्रिङ्क पिउँदै हुनुहुन्छ ? मुटु र निद्रामा पर्न सक्छ यस्तो असर !

एक्सट्रिम ड्रिङ्कको स्वास्थ्य जोखिम ‘एक्सट्रिम’ ड्रिङ्क पिउँदै हुनुहुन्छ ? मुटु र निद्रामा पर्न सक्छ यस्तो असर !

काठमाडौं । तत्काल ऊर्जा र स्फूर्ति दिने दाबी गर्दै बजारमा बिक्री भइरहेका ‘एक्सट्रिम’ लगायतका एनर्जी ड्रिङ्कको सेवन बढिरहेका बेला चिकित्सक तथा स्वास्थ्य विज्ञहरूले यसको अत्यधिक सेवनप्रति सावधानी अपनाउन आग्रह गरेका छन्।

एनर्जी ड्रिङ्कमा हुने क्याफिन तथा अन्य उत्तेजक पदार्थले केही समयका लागि मानिसलाई जाग्राम र सक्रिय बनाउने भए पनि उच्च मात्रा सेवन गर्दा मुटुको धड्कन बढ्ने, रक्तचाप बढ्ने र मुटुको चालमा गडबडी हुन सक्ने जोखिम रहेको स्वास्थ्य विज्ञहरू बताउँछन्। अमेरिकन हार्ट एसोसिएसनको पछिल्लो वैज्ञानिक समीक्षाले पनि सामान्य कफीको सेवन र एनर्जी ड्रिङ्कलाई एउटै रूपमा हेर्न नहुने भन्दै उच्च क्याफिन भएका एनर्जी ड्रिङ्कले मुटुसम्बन्धी जोखिम बढाउन सक्ने उल्लेख गरेको छ।

अमेरिकन हार्ट एसोसिएसनको वैज्ञानिक वक्तव्य तयार गर्ने समूहका अध्यक्ष तथा कार्डियोलोजिस्ट डा. ग्रेगरी मार्कसले क्याफिनको असर व्यक्तिअनुसार फरक हुने भन्दै केही व्यक्तिमा मुटु ढुकढुक हुने, चिन्ता बढ्ने र निद्रामा समस्या आउन सक्ने बताएका छन्।

विशेषगरी साँझ वा रातिको समयमा एनर्जी ड्रिङ्क सेवन गर्दा क्याफिनका कारण निद्रा प्रभावित हुन सक्छ। पर्याप्त निद्रा नपाउँदा थकान, एकाग्रतामा कमी र दैनिक काम गर्ने क्षमतामा समेत असर पर्न सक्छ।

स्वास्थ्य विज्ञहरूका अनुसार उच्च रक्तचाप, मुटुसम्बन्धी समस्या भएका व्यक्ति तथा क्याफिनप्रति संवेदनशील व्यक्तिले विशेष सावधानी अपनाउनुपर्छ। बालबालिका र किशोरकिशोरीलाई पनि क्याफिनयुक्त एनर्जी ड्रिङ्कबाट टाढा राख्न स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन्।

डा. मार्कसका अनुसार सबै व्यक्तिका लागि क्याफिनको एउटै सुरक्षित मात्रा निर्धारण गर्न सकिँदैन। उमेर, स्वास्थ्य अवस्था, औषधि सेवन, शरीरले क्याफिन प्रशोधन गर्ने क्षमता र नियमित सेवनको बानीअनुसार यसको असर फरक हुन सक्छ।

त्यसैले क्षणिक स्फूर्तिका लागि एनर्जी ड्रिङ्कलाई नियमित बानी बनाउनुको सट्टा पर्याप्त निद्रा, पानी, पौष्टिक आहार र नियमित व्यायामलाई प्राथमिकता दिन स्वास्थ्य विज्ञहरूको सुझाव रहेकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एलपी ग्यास उद्योगीप्रति मन्त्रीको अभिव्यक्तिमा संघको आपत्ति
3 घण्टा अगाडि

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...

छुटाउनुभयो कि ?

TOP