कांग्रेसभित्रको असन्तुष्टि सम्बोधन गर्छु, सबैलाई समेटेर अघि बढ्छु : गगन थापा

कांग्रेसभित्रको असन्तुष्टि सम्बोधन गर्छु, सबैलाई समेटेर अघि बढ्छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले पार्टीभित्र देखिएको असन्तुष्टि सम्बोधन गर्दै सबै नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्ने बताएका छन् । महाधिवेशनको मतदानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै थापाले महाधिवेशन प्रक्रियामा सहभागी नभएका नेतादेखि निर्वाचनमा पराजित हुनेहरूसम्मलाई पार्टीमा उचित स्थान दिएर अघि बढ्ने बताएका हुन् ।

उनले महाधिवेशन प्रक्रियामा सहभागी नभई बाहिर रहेका नेताहरूलाई पनि कांग्रेसमा समेट्ने प्रयास गर्ने बताए । पार्टीभित्रको असन्तुष्टिलाई बेवास्ता नगर्ने उल्लेख गर्दै उनले त्यसको समाधान खोज्ने प्रतिबद्धता जनाए ।

'पार्टीका केही साथीहरू हाम्रो प्रक्रियामा सहभागी नभएर अहिले बाहिर हुनुहुन्छ । उहाँहरूलाई समेट्ने कोसिस गर्छौं,’ थापाले भने, ‘कोही पार्टी नै नयाँ खोलेर जान्छु भन्नुहुन्छ भने त्यो उहाँहरूको छनोट हो । तर कांग्रेसभित्रको असन्तुष्टि हो भने त्यसलाई सम्बोधन गर्ने कोसिस गर्छौं ।'

थापाले महाधिवेशनमा प्रतिस्पर्धा गरेर पराजित हुने नेताहरूलाई पनि पार्टीको जिम्मेवारीमा समेटेर अघि बढ्ने बताए । कांग्रेसका हरेक नेता तथा कार्यकर्ता महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले आवश्यकताअनुसार केन्द्रीय समितिमा ल्याउने वा अन्य जिम्मेवारी दिने गरी व्यवस्थापन गरिने बताए ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रसुवा–भोटेकोशी बाढीले ७९ अर्बको निजी सम्पत्ति नष्ट
10 घण्टा अगाडि

काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...

छुटाउनुभयो कि ?

TOP