गरिमा चौधरी हत्या प्रकरणमा दोषीलाई उन्मुक्ति नदिन प्रचण्डको माग

गरिमा चौधरी हत्या प्रकरणमा दोषीलाई उन्मुक्ति नदिन प्रचण्डको माग

काठमाडौं। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको घटनामा संलग्न दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रचण्डले उक्त घटनालाई हृदयविदारक, जघन्य र अमानवीय अपराधको संज्ञा दिएका छन्। उनले घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको उल्लेख गर्दै यस्ता अपराध सभ्य समाजका लागि अस्वीकार्य रहेको बताए।

प्रचण्डले गरिमाका लागि न्यायको माग गर्दै काठमाडौंको माइतीघर मण्डलासहित देशभर उठिरहेको जनआवाजप्रति ऐक्यबद्धता जनाएका छन्। उनले यो घटना केवल एक परिवारमाथिको पीडा नभई राज्य, समाज र न्याय प्रणालीमाथिको गम्भीर चुनौती भएको बताएका छन्।

उनले सरकारले घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कानुनी कठघरामा ल्याउनुपर्नेमा जोड दिएका छन्। कुनै दबाब, प्रभाव वा पहुँचका आधारमा दोषीलाई संरक्षण गर्न खोजिए त्यसले न्याय प्रणालीमाथिको जनविश्वास कमजोर बनाउने चेतावनी पनि दिएका छन्।

बालबालिकाको सुरक्षा सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै प्रचण्डले गरिमाका लागि न्याय र यस्ता घटनाको पुनरावृत्ति रोक्न कठोर कदम चाल्न सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एलपी ग्यास उद्योगीप्रति मन्त्रीको अभिव्यक्तिमा संघको आपत्ति
5 घण्टा अगाडि

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...

छुटाउनुभयो कि ?

TOP