चर्चामा
काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले व्यावसायिक उडान सुरु गरेको २८ वर्ष पूरा गरेको छ। सन् १९९८ देखि उडान सेवा सुरु गरेको कम्पनीले २८औँ वार्षिकोत्सवको अवसरमा पछिल्लो एक वर्षमा मात्रै ९ लाखभन्दा बढी यात्रुलाई सेवा दिएको जनाएको छ।
बदलिँदो बजार, बढ्दो प्रतिस्पर्धा, विमानस्थल पूर्वाधारको सीमितता तथा मौसमजन्य अवरोधलगायत चुनौतीका बाबजुद ठूलो संख्यामा यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्याउन सफल भएको कम्पनीको भनाइ छ। कम्पनीले यसलाई यात्रुको निरन्तर विश्वास र व्यावसायिक उपलब्धिका रूपमा लिएको जनाएको छ।
यती एयरलाइन्सले उड्डयन सुरक्षालाई आफ्नो व्यवसायको प्रमुख आधारका रूपमा लिएको जनाएको छ। नियमित प्राविधिक निगरानी, चालक दल तथा प्राविधिक जनशक्तिको तालिम र सुरक्षा व्यवस्थापन प्रणालीमा निरन्तर सुधार तथा लगानी गर्दै आएको कम्पनीको दाबी छ।
यात्रु सुविधालाई ध्यानमा राख्दै टिकट बुकिङदेखि विमानस्थल सेवा र उडान अनुभवसम्म डिजिटल प्रविधिको प्रयोग बढाइएको कम्पनीले जनाएको छ। यात्रुका सुझावलाई सेवा सुधारको आधार बनाउँदै सूचना प्रवाह, समय व्यवस्थापन र कर्मचारीको व्यवहारलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको पनि कम्पनीको भनाइ छ।
नेपालको भौगोलिक अवस्थाका कारण पर्यटन, व्यापार, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा हवाई यातायातको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै कम्पनीले प्रमुख शहर तथा पर्यटकीय गन्तव्यलाई हवाई सेवामार्फत जोड्दै आएको जनाएको छ।
२८औँ वार्षिकोत्सवको अवसरमा यती एयरलाइन्सले आगामी दिनमा अझ सुरक्षित, भरपर्दो, यात्रुमैत्री तथा प्रविधिमैत्री सेवा प्रदान गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
चितवन । चाडपर्वमा वन्यजन्तुको चोरीसिकार नियन्त्रण गर्न चितवन राष्ट्रिय निकुञ्जले निगरानी बढाएको छ। न ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!