चर्चामा
भारतको चर्चित दैनिक पत्रिका दैनिक भास्करले आर्थिक रूपमा कमजोर नेपाली युवतीलाई भारत पुर्याएर सन्तान जन्माउन लगाउने गरेको दाबी गरिएको अन्तरदेशीय सञ्जालबारे भारतीय सञ्चारमाध्यम दैनिक भास्करको खोजमूलक स्टिङ अनुसन्धानले गम्भीर विवरण सार्वजनिक गरेको छ।
रिपोर्टअनुसार नेपाल-भारत सीमा हुँदै नेपाली युवतीलाई भारत पुर्याएर सन्तान नभएका वा विभिन्न कारणले आमा बन्न नसकेका भारतीय दम्पतीका लागि बच्चा जन्माउने काममा लगाउने गरेको दाबी गरिएको छ। यसका लागि बिचौलियाले ग्राहकबाट ठूलो रकम लिने गरेको अनुसन्धानमा उल्लेख छ।
एक युवतीका लागि करिब १ करोड रुपैयाँसम्म सम्झौता हुने, तर युवतीले त्यसबाट २० देखि २५ लाख रुपैयाँसम्म मात्र पाउने र बाँकी रकम बिचौलियाको सञ्जालले राख्ने गरेको दाबी रिपोर्टमा गरिएको छ।अनुसन्धानअनुसार युवतीहरूलाई भारतमा करिब एकदेखि डेढ वर्षसम्म राख्ने, गर्भवती बनाएर बच्चा जन्मिएपछि नेपाल फर्काउने प्रक्रिया अपनाइने गरेको बताइएको छ। कतिपय अवस्थामा IVF लगायतका उपचारको सट्टा प्राकृतिक रूपमा गर्भधारण गराउने उद्देश्यले नेपाली युवती खोजिने गरेको दाबीसमेत गरिएको छ।
दैनिक भास्करको स्टिङमा नेपालमा सक्रिय रहेको दाबी गरिएका केही बिचौलियासँगको कुराकानीसमेत समेटिएको छ। रिपोर्टमा बुटवलकी सुष्मा थापा तथा पोखराका दीपु र ओम नाम गरेका व्यक्तिहरूलाई नेपाली युवती उपलब्ध गराउने कामसँग जोडिएको दाबी गरिएको छ।
अनुसन्धानमा आर्थिक रूपमा विपन्न र रोजगारीको सीमित अवसर भएका महिलालाई पैसाको प्रलोभन देखाएर यस्तो काममा ल्याउने प्रयास हुने गरेको उल्लेख छ।
चितवन । चाडपर्वमा वन्यजन्तुको चोरीसिकार नियन्त्रण गर्न चितवन राष्ट्रिय निकुञ्जले निगरानी बढाएको छ। न ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!