चर्चामा
भारतको हरियाणास्थित सोनीपतको सिक्का कोलोनीमा पालिएको पिटबुल कुकुरले ६ महिनाको शिशुमाथि आक्रमण गरेको छ। शिशुलाई उनकी फुपूले काखमा लिएर घुमाउन निस्किएका बेला छिमेकीको घरको गेट खुल्ने बित्तिकै पिटबुल तीव्र गतिमा बाहिर निस्कियो र सिधै बच्चामाथि आक्रमण गर्यो।
कुकुरले पहिले महिलामाथि आक्रमण गर्दै उनको काखबाट शिशुलाई थुतेर भुइँमा खसालेको थियो। त्यसपछि कुकुरले शिशुलाई बङ्गाराले समातेर केही परसम्म घिसारेको थियो। फुपू र आसपासका स्थानीयले निकै संघर्ष गरेर र लट्ठीको प्रयोग गरेर कुकुरको बङ्गाराबाट शिशुलाई छुटाएका थिए। करिब ३० सेकेन्डपछि कुकुरले शिशुलाई छाडेको बताइएको छ।
CCTV फुटेजमा पिटबुलले शिशुलाई समातेर घिसारिरहेको देखिन्छ। यस क्रममा शिशु बचाउन खोज्दा उनकी फुपू पनि घाइते भएकी छन्। आक्रमणबाट शिशु गम्भीर घाइते भएको छ। उनलाई उपचारका लागि PGIMS रोहतकमा भर्ना गरिएको छ।
शिशुकी हजुरआमा निर्मला देवीका अनुसार कुकुरको आक्रमणबाट बच्चाको अनुहार, मुख र हातमा गहिरो चोट लागेको छ। परिवारका अनुसार घाउमा उपचारका क्रममा २० भन्दा बढी टाँका लगाउनुपरेको छ। बच्चालाई बचाउने क्रममा उनकी फुपू पनि घाइते भएको परिवारले जनाएको छ। यसैबीच, सोनीपत प्रहरीले घटनासम्बन्धमा हालसम्म कुनै औपचारिक उजुरी प्राप्त नभएको जनाएको छ।
सार्वजनिक सेवा प्रसारण संस्था (नेपाल टेलिभिजन र रेडियो नेपाल) मा विभिन्न उपकरण तथा सेवा खरिद प्रक्रि ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!