चर्चामा
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले बसभित्रै आगो लगाएका छन्। ट्राफिक प्रहरीसँग विवाद भएपछि चालकले आफू बसभित्रै बसेर आगो लगाएको प्रारम्भिक विवरण छ।
त्रिपुरेश्वर चोकस्थित राहदानी विभाग अगाडि रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा सोमबार दिउँसो आगलागी भएको हो। भक्तपुरबाट थानकोटतर्फ जाँदै गरेको बसमा दिउँसो करिब साढे १२ बजेतिर चालकले आगो लगाएको बताइएको छ| त्यसबेला बसमा कुनै पनि यात्रु थिएनन्। बसमा ह्वारह्वार्ति आगलागी भएलगत्तै घटनास्थलमा दमकल पुगेर आगो निभाएको थियो । घाइते चालकलाई किर्तीपुर बर्न अस्पताल पुऱ्याईएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार बस चालक २५ वर्षीय दावा लामा घाइते भएका छन्। उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको सुवेदीले जानकारी दिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ
चितवन । चाडपर्वमा वन्यजन्तुको चोरीसिकार नियन्त्रण गर्न चितवन राष्ट्रिय निकुञ्जले निगरानी बढाएको छ। न ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!