विदेशबाट छोरालाई गुपचुप बोलाएर बुहारीका प्रेमीको हत्या, शव ९ टुक्रा पारेर सेफ्टी ट्यांकीमा लुकाइयो

विदेशबाट छोरालाई गुपचुप बोलाएर बुहारीका प्रेमीको हत्या, शव ९ टुक्रा पारेर सेफ्टी ट्यांकीमा लुकाइयो

जनकपुरधाम -महोत्तरीको बलवा नगरपालिका-७, बनौटामा २४ वर्षीय विवेक सरदारको योजनाबद्ध हत्या गरी शव शौचालयको सेफ्टी ट्यांकीमा लुकाइएको घटना सार्वजनिक भएको छ। विवाह भएको ७ महिना मात्रै पुगेका विवेकले घरमा खुसी र नयाँ जीवनको सपना बुन्दै थिए। श्रीमतीको हातको मेहन्दीसमेत अझै ताजै रहेको अवस्थामा  छ।

तर, विवेकको त्यो नयाँ जीवन लामो समय टिक्न सकेन। उनी बेपत्ता भएपछि खोजी गर्ने क्रममा अन्ततः भदौ २६ गते प्रेमिकाको घरको सेफ्टी ट्यांकीभित्र उनको शव फेला परेको प्रहरीले जनाएको छ। शव ९ टुक्रा पारिएको अवस्थामा भेटिएको छ। अशोक ठाकुरको घरको सेफ्टी ट्यांकीबाट सरदारको शव ९ टुक्रा पारिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार घटना पारिवारिक प्रतिशोध र प्रेम सम्बन्धसँग जोडिएको देखिएको छ।

प्रहरीका अनुसार विवेक र अशोकका छोरा जितेन्द्र ठाकुरकी श्रीमती सोनुकुमारीबीच विवाहअघि नै प्रेम सम्बन्ध रहेको भनिएको छ। सोनुको जितेन्द्रसँग विवाह भएपछि पनि उनीहरूबीच सम्बन्ध कायम रहेको परिवारको दाबी तथा अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। विवदेशमा रहेका जितेन्द्रलाई परिवारले गुपचुप रूपमा नेपाल बोलाएपछि भदौ १५ गते सोनुको फोनबाट विवेकलाई अशोकको घरमा बोलाइएको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ। घर पुगेका विवेकको घाँटी थिचेर हत्या गरेपछि घरेलु हतियार प्रयोग गरी शवलाई टुक्रा पारेर सेफ्टी ट्यांकीमा राखिएको र प्रमाण लुकाउन ट्यांकीमाथि नयाँ प्लास्टर गरिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

भदौ १३ गते रक्षाबन्धनका दिन जलेश्वर नगरपालिका-११, तिगौराबाट विवेककी दिदी उनलाई भेट्न माइती घर आएकी थिइन्। भोलिपल्ट भदौ १४ गते साँझ दिदीलाई घर पुर्‍याउन विवेक मोटरसाइकलमा निस्किएका थिए।दिदीको घरमा रात बिताएपछि भदौ १५ गते बिहान करिब ११ः३० बजे विवेक मोटरसाइकलमा आफ्नै घरतर्फ फर्किएका थिए। परिवारका सदस्यहरू उनको बाटो हेर्दै खाना कुरिरहेका थिए। घण्टौँ बित्यो, रात पर्यो, तर विवेक घर पुगेनन्। परिवारले पटक-पटक फोन गर्दा पनि मोबाइलमा सम्पर्क हुन सकेन। त्यसपछि परिवारको मनमा आशंका बढ्यो।

विवेकको अवस्था अज्ञात भएपछि भदौ १६ गते परिवारले उनको हुलियासहित प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए। त्यसपछि प्रहरीले CCTV फुटेज र मोबाइल लोकेसनलगायतका आधारमा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानकै क्रममा विवेकको खोजी अशोक ठाकुरको घरसम्म पुगेको र अन्ततः त्यही घरको सेफ्टी ट्यांकीबाट उनको शव फेला परेको प्रहरीले जनाएको छ। भदौ १४ गतेदेखि विवेक बेपत्ता भएपछि परिवारले प्रहरीमा निवेदन दिएका थिए। त्यसपछि CCTV फुटेज र मोबाइल लोकेसन विश्लेषण गर्दै अनुसन्धान अघि बढाउँदा प्रहरीको शंका अशोक ठाकुरको परिवारतर्फ पुगेको बताइएको छ।

घरमा खानतलासी गर्दा जितेन्द्र वैदेशिक रोजगारीबाट गुपचुप फर्किएको संकेत तथा सेफ्टी ट्यांकीमा नयाँ प्लास्टर गरिएको देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो। प्लास्टर हटाएर खोजी गर्दा ट्यांकीभित्रबाट विवेकको शव फेला परेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा अशोककुमार ठाकुर, उनकी श्रीमती रामकलीदेवी, बुहारी सोनुकुमारी र ज्वाइँ सियाराम शर्मा पक्राउ परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

अनियमितताविरुद्ध उजुरी गर्ने कर्मचारी नै सरुवाको निशानामा
4 दिन अगाडि

सार्वजनिक सेवा प्रसारण संस्था (नेपाल टेलिभिजन र रेडियो नेपाल) मा विभिन्न उपकरण तथा सेवा खरिद प्रक्रि ...

छुटाउनुभयो कि ?

TOP