विवाहको पाँच महिनामै ट्विशा शर्मा मृत भेटिएको प्रकरणमा पति र सासूविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

विवाहको पाँच महिनामै ट्विशा शर्मा मृत भेटिएको प्रकरणमा पति र सासूविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

विवाह भएको पाँच महिनामै मृत भेटिएकी मोडल तथा अभिनेत्री ट्विशा शर्मा मृत्यु प्रकरणमा उनका पति र पूर्वन्यायाधीश सासूविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले तयार पारेको करिब ६०० पृष्ठ लामो आरोपपत्रमा पति र सासूले ट्विशालाई निरन्तर मानसिक यातना दिएको र त्यसकै कारण उनले आत्महत्या गर्न बाध्य भएको उल्लेख गरिएको छ।

ट्विशाका माइती पक्षले भने विवाहपछि दाइजोको माग राख्दै उनलाई यातना दिइएको र अन्ततः हत्या गरिएको दाबी गर्दै आएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

यता, ट्विशाकी सासूले आरोप अस्वीकार गर्दै गर्भपतन ट्विशाको आफ्नै इच्छाले भएको दाबी गरेकी छन्। घटनासम्बन्धी आरोप र प्रत्यारोपबीच सीबीआईको आरोपपत्रलाई मुद्दामा महत्वपूर्ण आधारका रूपमा हेरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP