विदेशको कमाइ छाडेर नेपाल फर्किए लगतै, किसानको सारथि बने कल्याण घिमिरे नेपालको तरकारी खाडी मुलुक पठाउँदै।

विदेशको कमाइ छाडेर नेपाल फर्किए लगतै, किसानको सारथि बने कल्याण घिमिरे नेपालको  तरकारी खाडी मुलुक पठाउँदै।

काठमाडौंका सादोबाटोका कल्याण घिमिरेले विदेशको रोजगारी छाडेर स्वदेशमै बसेर नेपाली किसानको तरकारी खाडी मुलुकसम्म पुर्‍याउँदै आएका छन्। काठमाडौंको कोटेश्वरमा रहेको उनको कार्यालयबाट तरकारी संकलन, प्याकेजिङ तथा निर्यातको काम हुँदै आएको छ। 

सन् २०१८ देखि कतार, कुवेत, बहराइन, साउदी अरेबियालगायतका देशमा नेपाली तरकारी निर्यात गर्दै आएका घिमिरेका अनुसार अहिले दैनिक करिब १५ टन तरकारीको माग रहेको छ।

विदेशमा रहँदा नेपाली किसानले उत्पादन गरेको तरकारीले उचित बजार नपाएको समाचार सुनेपछि नेपाल फर्किएर यही क्षेत्रमा काम गर्ने निर्णय गरेको उनको भनाइ छ। अहिले उनले तरकारी निर्यातसँगै नेपालमै विभिन्न कामदारलाई रोजगारीसमेत दिइरहेका छन्।

नेपालमै बसेर रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन। सरकारले कृषि उपज निर्यातमा सहजीकरण गर्दै नेपाल वायुसेवा निगमका खाली कार्गो स्पेस कम शुल्कमा प्रयोग गर्न दिने व्यवस्था गरे किसान र युवाका लागि थप अवसर सिर्जना हुने उनको भनाइ छ।

पढाइसँगै खाली समयमा विद्यार्थीले समेत यस्तो क्षेत्रमा काम गरेर आम्दानी गर्न सक्ने भन्दै घिमिरेले युवालाई नेपालमै सम्भावना खोज्न आग्रह गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

अमेरिकाले सहयोग रोके युक्रेनलाई संकट, रुसलाई बढ्न सक्छ दबाब !
6 दिन अगाडि

अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य तथा आर्थिक सहयोग रोकेमा युद्धमा युक्रेनको अवस्था थप कठिन बन्न ...

छुटाउनुभयो कि ?

TOP