चर्चामा
काठमाडौं । टिकटकको माउ कम्पनी बाइटडान्सका संस्थापक झाङ यिमिङ एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन्। उनले भारतीय अर्बपति गौतम अदाणीलाई पछि पार्दै यो स्थान हासिल गरेका हुन्।
इकोनोमिक टाइम्सका अनुसार, ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्समा झाङको कुल सम्पत्ति १०५ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ। ४३ वर्षीय झाङको सम्पत्ति सन् २०१९ मार्चमा करिब १३ अर्ब डलर थियो। त्यसयता उनको सम्पत्ति आठ गुणाभन्दा बढी वृद्धि भएको हो।
यसै महिनामा मात्रै झाङको सम्पत्ति १२ अर्ब डलरभन्दा बढी बढेको बताइएको छ। बाइटडान्सको पछिल्लो मूल्यांकनमा ब्ल्याक रक, फिडेलिटी इन्भेस्टमेन्ट्स र टी. रो प्राइसजस्ता ठूला लगानी संस्थाहरूको मूल्यांकनसमेत समावेश भएपछि उनको सम्पत्तिमा उल्लेख्य वृद्धि देखिएको हो।
झाङले आफ्नो अधिकांश सम्पत्ति बाइटडान्समा रहेको हिस्सेदारीबाट बनाएका हुन्। उनले स्थापना गरेको बाइटडान्सको प्रमुख उत्पादन टिकटक विश्वभर लोकप्रिय सामाजिक सञ्जालका रूपमा स्थापित छ। झाङ यसअघि नै चीनकै सबैभन्दा धनी व्यक्ति बनेका थिए।
पछिल्लो समय बाइटडान्सले सामाजिक सञ्जालसँगै कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा समेत लगानी विस्तार गरिरहेको छ। कम्पनीले डौबाओ च्याटबट तथा सिडान्सजस्ता एआईमा आधारित उत्पादन विकास गरिरहेको छ। बाइटडान्सको मूल्यांकन बढ्दै जाँदा झाङको सम्पत्तिमा समेत तीव्र वृद्धि भएको देखिन्छ। यससँगै उनी एसियाका अर्बपतिहरूमध्ये सबैभन्दा माथि पुगेका हुन्।
श्रीलंकाको कोलम्बोस्थित नेपाली राजदूतावासका लागि खरिद गरिएको १.५ एकड जग्गामध्ये १ एकड जग्गा दुई पटक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!