चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने अब ९९ केन्द्रीय सदस्य चयनका लागि आज मतदान हुँदैछ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि करिब ४ सय जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार उम्मेदवारको अन्तिम संख्या यकिन गर्न सूची तयार गर्ने काम जारी छ।
बिहान ९ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिए पनि उम्मेदवारको प्रारम्भिक सूची प्रकाशनमा ढिलाइ भएकाले मतदान प्रक्रिया केही पछाडि सरेको छ। आयोगले बिहान साढे १० बजेतिर प्रारम्भिक सूची सार्वजनिक गर्ने जनाएको छ।
मतदानका लागि ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिनको व्यवस्था गरिएको छ। एक प्रतिनिधिले मतदान गर्न १५ देखि २० मिनेट लाग्ने अनुमान गरिएको छ। मतदान सम्पन्न भएको एक घण्टाभित्रै नतिजा सार्वजनिक गर्न सकिने आयोगको दाबी छ।
असार ७ गतेदेखि चितवनमा जारी महाधिवेशन असार ९ गतेभित्र सम्पन्न गर्ने योजना रहे पनि प्रतिनिधि व्यवस्थापन र प्राविधिक प्रक्रियामा भएको ढिलाइका कारण महाधिवेशन लम्बिएको हो।
सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेपछि रास्वपाको ध्यान अब नयाँ केन्द्रीय नेतृत्व चयनतर्फ केन्द्रित भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्ता गुडिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!