बारा क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् अरबिन्द साहको विरोध गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका एक युवक पक्राउ परेका छन्।
बारा निवासी निजामुद्दिन अन्सारीलाई सांसद् साहले दिएको उजुरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो। अन्सारीले सांसद् साहले चुनावी घोषणापत्रअनुसार काम नगरेको आरोप लगाउँदै फेसबुकमा कालो मसी दल्ने चेतावनीसहितका पोस्ट गरेका थिए।
बारा प्रहरीका अनुसार उनलाई विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धानका लागि हिरासतमा राखिएको छ र अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ।
अन्सारीका आफन्तले भने उनले सामाजिक सञ्जालमार्फत मात्रै असन्तुष्टि व्यक्त गरेको, कुनै भौतिक विरोध कार्यक्रममा सहभागी नभएको दाबी गर्दै पोस्टकै आधारमा पक्राउ गर्नु अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रश्न भएको बताएका छन्।
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनसँगै सरकारले देशभर सुरुङमार्ग निर्माणलाई प्रा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!