स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय यतिबेला तीन फरक-फरक स्थानबाट सञ्चालन भइरहेको छ। मन्त्री निशा मेहता सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालयबाट काम गरिरहेकी छन् भने सचिव डा. विकास देवकोटा नेपाली सेनाको नरसिंह दल गणभित्रको टिनको अस्थायी संरचनाबाट मन्त्रालय सञ्चालन गरिरहेका छन्। केही महाशाखा भने नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र रामशाहपथबाट चलिरहेका छन्।
मुख्य भवन आगलागीमा नष्ट भएको करिब १० महिना बितिसक्दा पनि स्थायी भवनको टुंगो लाग्न सकेको छैन। कार्यालय छरिएपछि कर्मचारी र सेवाग्राहीले एक अधिकारी भेट्नै विभिन्न स्थान धाउनुपर्ने अवस्था बनेको छ।
वर्षायाममा टिनको कार्यालय हिलो, साँघुरो कोठा र कुर्सी अभावका कारण काम गर्न झन् कठिन भएको कर्मचारीहरूको गुनासो छ। मन्त्रालयले नियमित काम भइरहेको दाबी गरे पनि एउटै भवनमा कहिले सर्ने भन्नेबारे अझै स्पष्ट निर्णय भएको छैन।
काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई सरकारल ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!