भिडियो सार्वजनिक भएसँगै सडक सुरक्षासम्बन्धी नियम उल्लंघन गरेको भन्दै सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरू आएका थिए। आलोचना बढेपछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो व्यवहारप्रति दुःख व्यक्त गर्दै सार्वजनिक रूपमा क्षमा मागेका छन्।
उनले जानी वा नजानी आफूबाट भएको गल्ती स्वीकार गर्दै त्यसबाट पाठ सिक्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, आफूभित्र रहेको जोस, ऊर्जा र उत्साहलाई अब देश र जनताको हितमा समर्पित गर्ने बताएका छन्।
सांसद गुप्ताको माफीपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले गल्ती स्वीकार गरी क्षमा माग्नु सकारात्मक कदम भएको बताएका छन् भने केहीले सार्वजनिक पदमा रहेका व्यक्तिले भविष्यमा यस्ता गतिविधि दोहोरिन नहुने धारणा व्यक्त गरेका छन्।
काठमाडौं । अमेरिकी संघीय अदालतले नेपालसहित ७५ देशका नागरिकलाई असर गर्ने डोनाल्ड ट्रम्प प्रशासनको कडा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!